यस्तो रहने छ आजको मौसम

यस्तो रहने छ आजको मौसम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका केही स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

बुधवार कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।