काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा फाइनल प्रवेशका लागि बुधबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ सुरु हुने पहिलो क्वालिफायरमा दुवै टोली जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका यी टोलीका लागि यो खेल फाइनल पुग्ने पहिलो अवसर हो । विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।
लिग चरणको प्रदर्शन हेर्दा लुम्बिनी सुदूरपश्चिमभन्दा केही बलियो देखिएको छ । दुवै टोलीले समान पाँच खेल जिते पनि सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको थियो ।


प्रतिक्रिया