एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेको स्थायी कमिटीको दोस्रो बैठक मंगलबार बस्दै छ। बुधबारदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीस्वरूप पार्टीले स्थायी कमिटी बैठक बोलाएको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

बैठकले राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ। साथै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा निर्धारण गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।