सशस्त्रको पोशाकमै सडकपेटीमा सुतेको भिडियो भाइरल, कारबाहीका लागि खोजी गरिँदै

सशस्त्रको पोशाकमै सडकपेटीमा सुतेको भिडियो भाइरल, कारबाहीका लागि खोजी गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

सशस्त्र प्रहरी बलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य नभएको स्पष्ट पारेको छ।

भिडियोमा देखिएका व्यक्तिले सशस्त्र प्रहरीको कम्ब्याट पोशाकको पाइन्ट लगाएको पाइएको बलले जनाएको छ।

ती व्यक्तिलाई सशस्त्र प्रहरीकै सुरक्षाकर्मीका रूपमा चित्रण गर्दै सामाजिक सञ्जालमा भ्रामक सामग्री र टिप्पणी प्रसारण हुँदा आम नागरिकमा भ्रम सिर्जना भएको संगठनको भनाइ छ।

संगठनको पोशाक दुरुपयोग गर्ने व्यक्ति तथा भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्।

सशस्त्र प्रहरीले असम्बन्धित व्यक्तिले संगठनको पोशाक, दर्ज्यानी चिह्न वा पहिचान झल्किने सामग्री प्रयोग नगर्न आग्रह गरेको छ।