काठमाण्डु – नेकपा एमाले सचिवालय बैठक १ दिन अगाडि सरेको छ ।
यसअघि मंसिर ५ गतेका लागि बोलाइएको बैठक मंसिर ४ गतेका लागि सरेको हो ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले १ दिन अगाडि बैठक बोलाउने निर्णय गरेको सचिव शेरधन राईले जानकारी दिए ।
मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्दैछ । लगत्तै सचिवालय बैठक गरेर विभिन्न निर्णयहरू गर्न लागेको छ ।
सरकारको कार्यशैली विरुद्ध कार्यकर्ता उतार्दै आन्दोलन गर्ने तयारी गरेको एमालेमा स्थानीय तह निर्वाचनको फेस गर्नुपर्ने पनि चुनौती छ ।
स्थानीय तह निर्वाचनका लागि लक्षित गरिएर नेताहरूले राष्ट्रिय भेलाको आयोजना गर्दै कार्यकर्ताहरुलाई निर्देशन दिन लागेका छन् ।
राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहित, वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने कार्यसूची छ ।
एमालेले मंगलबार गरेको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको इन्चार्ज तोक्ने विषयमा पनि प्रारम्भिक छलफल गरेको थियो ।


प्रतिक्रिया