सभामुख अर्यालसँग फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनको शिष्टाचार भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधिसभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व प्रदान गर्ने बताए । उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

सभामुख अर्यालले नेपालको संघीय संसद्मा डिजिटल संसद्को अभ्यास सुरु गरिएको जानकारी गराउँदै सूचना प्रविधि, नवीन विधायिकी अभ्यास र संसदीय अनुभव आदानप्रदानमा फ्रान्ससँग सहकार्य गर्न सकिने बताए । २ देशबीचको संसदीय सम्बन्ध सुदृढ गर्न आठ सदस्यीय नेपाल–फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिए ।

बाढीपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले व्यक्त गरेको समवेदना, फ्रान्सेली नागरिकको खोजी तथा उद्धारमा उपलब्ध गराइएको कन्सुलर सहयोग र युरोपेली संघमार्फत प्रदान गरिएको पाँच टन मानवीय सहायताप्रति उनले आभार व्यक्त गरे ।

अध्यक्ष पिरोनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने, संसदीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहयोगका सम्भावना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।