दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आज हुने भएको छ ।

सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको हो ।

कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गर्दै गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गर्न माग गरेका छन्।

रिटमाथि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा सुनुवाइको मिति तोकेको थियो। तर, सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ रोकिएको थियो ।

सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। त्यही दिन उनका ब्याची एवम् प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० डा। मनोजकुमार केसीलाई नयाँ आईजीपी बनाइएको थियो।