काठमाण्डु– पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयले बुधबार सुचना जारी गर्दै लामो समयसम्म कार्यालयमा अनुपस्थित रहने तथा स्वीकृतिबिना बिदामा बस्ने ७ जनालाई सेवाबाट हटाएको जानकारी दिएको हो ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियरमाथि कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल रहेका छन् । उनीहरू कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएका हुन् ।
उनीहरूमाथि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा ९१० को खण्ड ९ज० अनुसार कारबाही गरिएको सूचनामा उल्लेख छ ।
त्यस्तै, पदमेन्द्र प्रसाद श्रेष्ठलाई स्वीकृतिबिना बिदामा बसेको कसुरमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
उनीमाथि सोही ऐनको दफा ६१ को उपदफा ९१० को खण्ड ९छ० अनुसार कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो ।



प्रतिक्रिया