काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ हजार ३ सय रुपैयाँले घटेको हो ।
मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ११० रुपैयाँले घटेर ३३८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया