स्थानीय तह निर्वाचन एमालेका लागि राजनीतिक परीक्षा हो : पद्मा अर्याल

स्थानीय तह निर्वाचन एमालेका लागि राजनीतिक परीक्षा हो : पद्मा अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले)की सचिव पद्मा अर्यालले पार्टी राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छन्।

बुधबारदेखि काठमाण्डुमा सुरू राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै उनले आगामी स्थानीय तह निर्वाचनलाई पार्टीका लागि राजनीतिक परीक्षाका रूपमा व्याख्या गरिन्।

‘आगामी स्थानीय तह निर्वाचनको परीक्षा हामीले जित्नैपर्छ। गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनबाट लिनुपर्छ’, अर्यालले भनिन्, ‘हामी जनतासँग बसेर उनीहरूका गुनासा सुन्ने र समाधानका लागि पहल गर्नुपर्छ।’

एमालेका कार्यकर्ताले आलोचना र प्रश्न मात्र गर्ने नभई जनताले उठाएका प्रश्नको जवाफ दिन पनि तयार हुनुपर्नेमा उनले जोड दिइन्।

‘हामीमाथि जनताले प्रश्न गरेका छन्। त्यस्ता प्रश्नको जवाफ कार्यकर्ताले पनि दिनुपर्छ। सबै कुरा नेतृत्वतिर फर्काएर हुँदैन। पार्टी बलियो बनाउन निष्क्रिय बसेका कार्यकर्तालाई सक्रिय बनाउनुपर्छ’, उनले भनिन्।