काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजले काठमाण्डु गोर्खाजसामु २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०४ रन बनाएको छ ।
चितवनका लागि कमिल मिशाराले शतक र रवि बोपाराले अर्धसतक बनाएर विशाल लक्ष्यमा योगदान गरेका छन् ।
चितवनले दिएको लक्ष्य पछ्याउँदै काठमाण्डु अब ब्याटिङ गर्नेछ ।
बुधबारको खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । विजेताले बिहीबार फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको छ । दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग खेल्नेछ ।



प्रतिक्रिया