काठमाण्डु- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट्न सिंहदरबार पुगेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर ६ गतेदेखि दुई दिनका लागि भारत भ्रमणका जाने तयारीमा रहेका बेला उत्तरी छिमेकका राजदूत परराष्ट्रमन्त्री खनाल भेट्न पुगेका हुन्।
पछिल्लो केही दिनयता काठमाण्डुमा भारतीय राजदूत सुधाकर दलेला सक्रिय थिए । उनले प्रम शाहको भ्रमणको पूर्वतयारीस्वरुप छलफल तीव्र बनाएका थिए ।
अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य नेतृत्वको टोली कात्तिक २९ देखि चीन भ्रमणमा छ। २० जना सांसदसहितको टोलीले सिचुवान प्रान्तबाट आफ्नो यात्रा र भेटघाट तीव्र पारेको छ।
यस्तोमा चिनियाँ राजदूत र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता भइरहेको हो । तर दुईजनाबीचको भेटवार्ताको विषयवस्तुबारे केही खुलिसकेको छैन।



प्रतिक्रिया