काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको फाइनल प्रवेशका लागि क्वालिफायर–२ खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई २३४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको छ ।
चितवनका लागि डाविड मलानले अविजित ७१ रन बनाएका छन् । ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि वान डाउनमा ब्याटिङ गर्न आएका मलानले अन्तिमसम्म ब्याटिङ गर्दै अविजित ७१ रन बनाए । उनले ५१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरेका छन् ।
बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले ३, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १–१ विकेट लिएका छन् ।



प्रतिक्रिया