एसिया राइजिङ स्टार्स कपमा नेपाल र भारत ‘ए’ खेल्दै

एसिया राइजिङ स्टार्स कपमा नेपाल र भारत ‘ए’ खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ ।
कतारको दोहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन्।

भारत ‘ए’ को कप्तानी तिलक वर्माले गर्दैछन् । भारतीय टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी र रिंकु सिंहजस्ता चर्चित खेलाडी छन् ।

एसिया क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी छन् ।

प्रतियोगिता ५० ओभरको हुनेछ । सहभागी टोलीमा नेपाल, भारत ‘ए’, पाकिस्तान शाहिन्स, यूएई, श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।

टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणमा प्रत्येक टोलीले आफ्ना समूहका अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका खेल नोभेम्बर २६ र २७ तथा फाइनल नोभेम्बर २९ मा हुनेछ ।

नेपालले एसिया मेन्स एलिट कपमा गरेको प्रदर्शनका आधारमा यस प्रतियोगितामा स्थान बनाएको हो ।