सुनको मूल्यमा भारी गिरावट, एकै दिन घट्यो १२ हजार ४०० रुपैयाँ

सुनको मूल्यमा भारी गिरावट, एकै दिन घट्यो १२ हजार ४०० रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। सुन तोलामा १२ हजार ४०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। बिहीबार एक तोला सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा झरेको छ। बिहीबार चाँदी ३ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा ठूलो गिरावट आएसँगै नेपाली बजारमा पनि तिहारपछि मूल्य निरन्तर ओरालो लागिरहेको छ।