धादिङ जिप दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाण्डु ल्याइयो

धादिङ जिप दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाण्डु ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धादिङको रुबीभ्याली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डु ल्याइएको छ।

लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो जिप बिहीबार राति उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा रुबीभ्याली गाउँपालिका– ४, बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका थिए।