काठमाण्डु – सरकारले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको कार्यक्रम औपचारिक रूपमा घोषणा गरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरि प्रधानमन्त्री शाहको भारत भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबारदेखि मंसिर ७ गते सोमबारसम्म भारतको राजकीय भ्रमणमा जानेछन् ।
प्रधानमन्त्री शाह आइतबार नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने छन् । उनीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी रहने छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यस्तै भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन् भने भारतका विदेशमन्त्री एस। जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने छन् ।




प्रतिक्रिया