काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ ।
शनिबार मुख्यमन्त्री धामीले प्रधानमन्त्री मोदीलाई भेटेर उत्तराखण्डसित सम्बन्धित विषयमा छलफल गरेका छन् ।
उत्तराखण्ड नाका हुँदै नेपाललाई अन्तर्राष्ट्रिय हवाइ रुट दिने, पञ्चेश्वर परियोजना, दोधाराचाँदनी सुक्खा बन्दरगाह लगायत विषयमा नेपाल र भारतबिच द्विपक्षीय सहमति जुटाउनुअघि प्रधानमन्त्री मोदीले मुख्यमन्त्री धामीसँग छलफल गरेका जनाइएको छ ।
प्रधानमन्त्री बालेन आईतबार २ दिने भारतको राजकीय भ्रमणमा जाँदैछन् ।



प्रतिक्रिया