सुदूरपश्चिमका मुन्सेको विस्फोटक ब्याटिङ, ३५ बलमै बनाए ६४ रन

सुदूरपश्चिमका मुन्सेको विस्फोटक ब्याटिङ, ३५ बलमै बनाए ६४ रन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका छन् ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा मुन्सेले ३५ बलमै अविजित ६४ रन बनाएका छन् ।

उनको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले ९ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ८५ रन जोडेको छ ।

मुन्सेले आफ्नो इनिङ्समा चौका र छक्काको वर्षा गर्दै लुम्बिनीका बलरमाथि दबाब सिर्जना गरेका छन् । उनलाई अर्का ओपनर विनोद भण्डारीले २० रन बनाएर साथ दिइरहेका छन् ।

सुदूरपश्चिमलाई उपाधि जित्न अब ६६ बलमा ७१ रन मात्रै आवश्यक छ । टोलीले सुरुवातदेखि नै आक्रामक लय कायम राखेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।