काठमाण्डु – जर्ज मुन्सेको विस्फोटक शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधि जित्ने नजिक पुगेको छ ।
लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १२.२ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा १२७ रन बनाएको छ ।
सुदूरपश्चिमका ओपनर मुन्सेले मात्रै ४९ बलमा अविजित १०० रन पूरा गरेका छन् । उनले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीका बलरलाई निरीह बनाएका छन् ।
अर्का ओपनर विनोद भण्डारी २५ बलमा २४ रन बनाएर खेलिरहेका छन् । दुवै ओपनरले पहिलो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरिसकेका छन् ।

अब सुदूरपश्चिमलाई उपाधि जित्न ४६ बलमा २९ रन मात्रै आवश्यक छ । टोलीले कुनै पनि विकेट नगुमाई लक्ष्यको नजिक पुगेपछि लुम्बिनी दबाबमा परेको छ ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।



प्रतिक्रिया