यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा झन्डै पार्टी निकाला गर्‍याथे : गोकुल बाँस्कोटा

यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा झन्डै पार्टी निकाला गर्‍याथे : गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लिएर आशा र संशय दुवै व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली प्रस्थान गर्दै गर्दा बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी हुने संयुक्त वक्तव्यलाई विशेष चासोका साथ प्रतीक्षा गरिरहेको बताएका छन्। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध र दुई देशबीचका साझा विषयमा केकस्ता समझदारी हुन्छन् भन्ने विषयमा उनको चासो देखिएको छ।

बाँस्कोटाले यसअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा दिएको अभिव्यक्तिको पनि स्मरण गरेका छन्। उक्त अभिव्यक्तिको प्रशंसा गर्दा आफू एमालेभित्रै आलोचनाको घेरामा परेको उनको भनाइ छ।

‘अबका ३६ घण्टा आशा र संशयमा बित्ला। मचाहिँ संयुक्त वक्तव्य पर्खने। यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा एमालेमा आएका दिनदेखि अकण्टक लाभको पदमा रमेकाहरूले झन्डै पार्टी निकाला गर्‍याथे,’ उनले लेखेका छन्।

उनले संसद्मा भने त्यस विषयमा खेद प्रस्तावसमेत नराखिएको उल्लेख गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

बाँस्कोटाको अभिव्यक्तिले प्रधानमन्त्रीको भारत भ्रमणसँगै एमालेभित्र उनको यसअघिको अभिव्यक्तिलाई लिएर भएको असन्तुष्टिलाई समेत पुनः चर्चामा ल्याएको छ।