काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएको छ।
दोस्रो वरियतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले पनि भारत जाने भएपछि तेस्रो वरियतामा देखिएका श्रेष्ठलाई जिम्मेवारी दिएको हो।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जान लागेका हुन्।
३८ सदस्य सरकारी टोली भारत भ्रमणमा निस्किँदा निजी क्षेत्र र सञ्चारकर्मीको पनि थुप्रै टोली पुगिसकेको छ।
ऊर्जामन्त्री श्रेष्ठ पनि यस अगाडि भारत जाने चर्चा थियो। तर अन्तिममाउनको नाम काटियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य समेत रहेका श्रेष्ठ २०७९ को निर्वाचनपछि खेलकुद मन्त्री बनेका थिए । उनी रवि निकट नेता मानिन्छन्।



प्रतिक्रिया