काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान गरेका छन् । आइतबार दिउँसो १ः४५ बजे शाह भारत प्रस्थान गरेका हुन् ।
उनी नेपाल एयरलाइन्सको नियमित उडान न्यारोवडी आरए २१७ जहाज मार्फत भारत प्रस्थान गरेका हुन् ।
बालेन नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलमा ३५ जना सहभागी भएका छन्।
भ्रमण टोलीमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीदेखि सञ्चारकर्मीसम्म सहभागी छन्।
उनीसहितको टोली दिउँसो ३ बजेर १५ मिनेटमा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धि विमानस्थलमा अवतरण गर्नेछ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी तथा आपसी हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी छन्। त्यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि टोलीमा छन्।




प्रतिक्रिया