काठमाण्डु– प्रधानमन्त्री बालेनद्र शाह दुई दिने भारत भ्रमणका लागि छिमेकी मुलुक प्रस्थान गरेका छन्।प्रधानमन्त्री शाह आइतबार दिउँसो २ बजे त्रिभुवन विमानबाट भारत उडेका हुन्।
उनको विदाईका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रवक्ता जगदीश खरेल गृहमन्त्री सुदन गुरुङ र कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ उपस्थित भए ।

प्रधानमन्त्रीले यसपटक भ्रमणका क्रममा भद्दा औपचारिकता खोजेका छैनन् । उनले यसअगाडि संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने अमेरिका जाँदा पनि यस्तै अभ्यास गरेका थिए।
उनीसहितको टोली दिउँसो ३ बजेर १५ मिनेटमा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धि विमानस्थलमा अवतरण गर्नेछ ।

प्रधानमन्त्री सहित भ्रमण टोली ३५ सदस्य छ जसमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल पनि छन्।








प्रतिक्रिया