भारत भ्रमणमा गइनन् प्रधानमन्त्री पत्नी सबिना

भारत भ्रमणमा गइनन् प्रधानमन्त्री पत्नी सबिना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणमा उनकी पत्नी सबिना काफ्ले समेटिएकी छैनन् ।

प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा पत्नी साथमै लिएर जाने परम्परा बालेनले तोडेका छन् ।

प्रधानमन्त्री बालेन पत्नी सबिना काफ्ले भारत भ्रमणमा ननिस्किएको जानकारी उनीनिकट नेताहरू दिन्छन् ।

यसअघि प्रधानमन्त्री बनेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा लगायतका नेता पत्नीसहित भ्रमणमा जाने गरेका थिए । यसपटक बालेन पत्नी बिनै भ्रमणमा गएका छन् ।

उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदा पनि पत्नी बिनै सहभागी भएका थिए ।

यसअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदा पत्नी निकिता पौडेललाई साथमै लिएर गएका थिए ।