काठमाण्डु– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अहिले १२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेकोछ।
युएईले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा १६ ओभरमा ३ विकेट गुमाएर ९१ रन बनाएको छ। नेपाललाई जितका लागि ३३ ओभरमा ३१ रन आवश्यक छ।
नेपालका लागि कुशल भुर्तेल ४१ र बसिर अहमद ११ रनमा अविजित छन्। मयन यादवले २७ रन बनाए। अर्जुन कुमाल ५ र देव खनाल शून्यमा आउट भए। युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
युएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाएका थिए। हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। ललित राजवंशी, राशिद खान र नन्दन यादवले १/१ विकेट हात पारे।
जारी प्रतियोगितामा नेपाल र युएई दुवै पहिलो जितको खोजीमा छन्। नेपाल पहिलो खेलमा भारत ‘ए’सँग पराजित भएको थियो भने युएई पाकिस्तान ‘ए’सँग हारेको थियो। आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ।



प्रतिक्रिया