मोदीले भने : नेपालबिना हाम्रो धाम पनि अधुरो छ

मोदीले भने : नेपालबिना हाम्रो धाम पनि अधुरो छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र नभई साझा इतिहास, संस्कृति र परम्पराले जोडिएको बताएका छन्।

नेपालकाका प्रधानमन्त्री वालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले दुवै देशका नागरिकबीच शताब्दियौँ पुरानो सम्बन्ध रहेको उल्लेख गरेका छन्।

उनले सन् २०१८ मा आफूले गरेको जनकपुर भ्रमणको स्मरण गर्दै नेपाल र भारतको सम्बन्ध भगवान् राम र माता सीतासँग पनि जोडिएको बताए।

जनकपुरलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको नगरीका रूपमा उल्लेख गर्दै उनले यी दुई धार्मिक स्थलको सांस्कृतिक तथा धार्मिक महत्त्व एकअर्कासँग जोडिएको बताए।

‘नेपालबिना हाम्रो धाम पनि अधुरो छ,’ मोदीले भने। उनले यही धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धले नेपाल र भारतलाई नजिक बनाएको उल्लेख गरे।

बालेनको प्रशंसा

मोदीले नेपाल–भारत सम्बन्धबारे नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग स्पष्ट दृष्टिकोण रहेको बताए ।

मोदीले नेपालका प्रधानमन्त्री शाहको नेतृत्वमा दुई दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुसी रहेको बताए ।

मोदीले बालेनमा स्पष्ट दृष्टिकोण रहेको र पछिल्लो एक घण्टा भएको छलफलका क्रममा नेपाल र भारतसम्बन्धबारे बालेन स्पष्ट रहेको उनले बताए।

उनले नेपाल–भारत सम्बन्धको साझा इतिहास रहेको बताउँदै जनताबीच गहिरो सम्बन्ध रहेको बताए । उनले सन् २०१८ मा आफूले गरेको जनकपुर भ्रमणको स्मरण गदै भने, ‘नेपालबिना हाम्रो धाम पनि अधुरो हुन्छ ।’