काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय र प्रदेशसभा निर्वाचनमा नेकपा र एमालेबीच सहकार्य हुने बताएका छन्।
आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनको सहकार्य हुने प्रचण्डको संकेत छ। एमाले र नेकपाबीच सदन र सडकमा सहकार्य गर्ने सहमति भइसकेको प्रचण्डको दाबी छ।
गोरखा पुगेर प्रचण्डले अरु बाम शक्तिहरूसँग पनि सहकार्यको लागि छलफल भइरहेको उद्घोष गरे।
सहकार्य गर्ने सहमति त भइसकेको छ। एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै सङ्घर्ष गर्ने सहमति भइसकेको छ। प्रचण्डले भने,स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ।
उनले अहिले सहकार्य भएपनि भविष्यमा पार्टी एकताको सम्भावना रहेको विषयमा पनि बोलेका छन्। अरु नेताहरू सहकार्यको पक्षमा रहँदा केपी शर्मा ओलीसँग भने कुराकानी भइरहेको प्रचण्डको दाबी छ।
एमालेका नेताहरूसँग पनि छलफल भइरहेको छ। यद्यपि केपीजीलाई कुरा बुझाउन सजिलो भइराखेको छैन।प्रचण्डले भने तर पनि फेरि देशको परिस्थिति बदल्न हामी सहकार्य र एकता गरेर जानुपर्छ भन्नेमा राम्रै कुरा भएको छ।
केही दिन अगाडि काठमाण्डुपाटी पार्टीसँगको कुराकानीमा एमाले सचिव महेश बस्नेतले पनि सहकार्य गर्ने विषयमा सहमति भइसकेको जानकारी दिएका थिए।
ओलीका विश्वास पात्र रहेका बस्नेतले पार्टी एकता नभएपनि चुनावी सहकार्यको विषयमा सबै तयार रहेको जानकारी गराए ।




प्रतिक्रिया