युवा प्रधानमन्त्री बालेनमा मैले नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

युवा प्रधानमन्त्री बालेनमा मैले नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन् ।

प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले छोटो समयको कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसूस गरेको बताए ।

‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो । आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसूस गरेको छु,’ प्रधानमन्त्री मोदीले भने ।

उनले नेपाली जनताले यस वर्ष प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताका आकांक्षा र आशाको प्रतिबिम्ब भएको उल्लेख गर्दै सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने बताए ।

भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको उल्लेख गर्दै उनले दुवै देशका खुसी र चुनौती साझा रहेको बताए । एकअर्काको प्रगतिका साझेदार तथा कठिन समयमा सहयोगी रहेको उल्लेख गर्दै उनले हालै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरे ।

नेपालमा पुनर्निर्माण र दीर्घकालीन विकासलाई सुदृढ बनाउन भारतले २ खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए ।