काठमाण्डु– प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले आगामी मंसिर ९ गते सुनुवाइ गर्ने भएको छ।
सर्वोच्च अदालतले मुद्दालाई प्राथमिकतामा राख्दै मंसिर ९ गतेका लागि पेसी तोकेको हो।
यसैबीच, सर्वोच्चको संयुक्त इजलासले विपक्षी नेपाल प्रहरी प्रधान कार्यालयलाई पुनः म्याद बुझाउन आदेश दिएको छ।
यसअघि प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीका नाममा जारी म्याद कार्यालयले बुझ्न अस्वीकार गरेपछि तामेल हुन नसकेको प्रतिवेदन अदालतमा पेस भएको थियो।
प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको भन्दै पुनः म्याद जारी गर्न अनुरोध गरेपछि अदालतले नियमानुसार म्याद बुझाउन आदेश दिएको हो।






प्रतिक्रिया