भारतको २ दिने राजकीय भ्रमण सकेर आजै स्वदेश फर्किंदै प्रधानमन्त्री शाह

भारतको २ दिने राजकीय भ्रमण सकेर आजै स्वदेश फर्किंदै प्रधानमन्त्री शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको २ दिने राजकीय भ्रमण पूरा गरी आज सोमबारै साँझ स्वदेश फर्किंदैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आईतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार बिहान ११ बजे द्विपक्षीय भेटवार्ता गरेका थिए ।

सो भेटमा २ देशका पारस्पारिक हितका विविध विषयमा कुराकानी भएको थियो । सो उच्चस्तरीय द्विपक्षीय वार्तापछि २ देशबीचका विभिन्न सहयोग तथा परियोजनामा सम्झौता तथा शिलान्याश भएको थियो ।

सोमबारै दुवै देशका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।

सोमबार बिहान प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित राजघाट पुगेर त्यहाँ रहेको भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले सोमबारै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसहित उनी सोमबार साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाण्डु आइपुग्ने कार्यक्रम छ ।