गोविन्दराज जोशीदेखि पतञ्जली योगका कर्मचारीसम्मको २८० अंगरक्षक खोसिए

गोविन्दराज जोशीदेखि पतञ्जली योगका कर्मचारीसम्मको २८० अंगरक्षक खोसिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता तथा आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई नियमित ड्युटीमा खटाएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्वप्रहरी अधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरूलाई फिर्ता बोलाइएको हो।

यस्ता २ सय ८० प्रहरीलाई नियमित ड्युटीमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ुजसका लागि अंगरक्षक खटाइएको छ, उनीहरुलाई सुरक्षा थ्रेत नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहको सुरक्षामा खटिएका अंगरक्षलाई फिर्ता बोलाउनसुरू गरिएको हो।

अहिलेसम्म दुईसय ८० जना फिर्ता भएका छन् यो क्रम जारी छ,ु स्रोतले भन्यो। अंगरक्षक खोसिनेमा पूर्वमन्त्री गोविन्दराज जोशी, अमेरश सिंह, टेकबहादुर गुरुङ, रामकृष्ण यादवसहित पूर्वआइजिपीहरु हेम गुरु, रमेश चन्द ठकुरी, ओमविक्रम राणा छन्। त्यस्तै पतञ्जली योगका नेपाल प्रतिनिधि शालिकराम शर्माका अंगरक्षलाई कार्यविधि २०७० मा आवश्यक परे सुरक्षा थ्रेट देखिए भन्ने वाक्यांशलाई दुरुपयोग गरी अनावश्यक रुपमा अंगरक्षक राख्ने परम्परा तोड्दै प्रहरी प्रधान कार्यालयले अंगरक्षक फिर्ता गर्न थालेको हो। यो खबर आजको नागरिक दैनिकमा छ ।