काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अंकले बढेर २ हजार ६३८ दशमलव ९५ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८६ अंकले बढेर ४८२ दशमलव ३९ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक १ दशमलव २५ अंकले बढेर १८३ दशमलव ८९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक १ दशमलव ५३ अंकले बढेर १६३ दशमलव ९५ मा पुगेको छ ।
मंगलबार विभिन्न कम्पनीका १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने २ उपसमूह घट्यो ।
मंगलबार १६५ कम्पनीको सेयर बढ्यो भने १११ कम्पनीको सेयर घट्यो । त्यसैगरी ३ कम्पनीको सेयर स्थिर रहेको छ ।
नेप्सेका अनुसार एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटि होटल लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मानुषी लघुवित्त,मेन्छियाम हाइड्रोपावर, ओममेगा श्रीलगायतका लगानीकर्ताले गुमाएका छन् ।



प्रतिक्रिया