एसिया कप राइजिङ स्टार्स क्रिकेट : पकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै

एसिया कप राइजिङ स्टार्स क्रिकेट : पकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कतारमा जारी एसिया कप राइजिङ स्टार्स १ दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले ट्स हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

कतारको  दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भरखरै भएको ट्समा पाकिस्तान ‘ए’ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

प्रतियोगितामा नेपाल मंगलबार लगातार दोस्रो जीतको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युएईविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ६ विकेटको जीत निकालेको थियो ।

नेपाल मंगलबार पनि सानदार प्रदर्शन गर्दै पाकिस्तान ‘ए’लाई हराउने योजनामा छ । उता १ खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान ‘ए’ लगातार तेस्रो जीत निकाल्ने सोचमा छ । उसले पहिलो खेलमा यूएई र दोस्रो खेलमा भारत ‘ए’लाई हराएको थियो ।

इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’बीच १ पटक मात्र भेट भएको छ । सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले ४ विकेटको पराजय व्यहोरेको थियो ।

 नेपालसामु आज ३ वर्षअघिको हारको बदला लिने अवसर छ । जारी प्रतियोगितामा नेपाल २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’मै रहेको पाकिस्तान ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।