नेपाल एसिया कपको समूह चरणबाट बाहिरियो

नेपाल एसिया कपको समूह चरणबाट बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

कतारको  दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल बनायो । पाकिस्तानका लागि रोहेल नाजिरले सर्वाधिक अविजित ६४ रन बनाए । त्यस्तै हसन नवाजले २८ र अहमद दानियालले १६ रन बनाए ।

बलिङतर्फ नेपालका राशिद खानले ५ विकेट लिए । उनले ८ ओभरमा ३९ रन खर्चिए । त्यस्तै अभिषेक गौतमले २ तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

१६९ रनको विजयी लक्ष्य पाएको नेपालको पारी १७ दशमलव ३ ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । यस्तै बसिर अहमदले ११ रन बनाए ।

बलिङतर्फ पाकिस्तान ‘ए’का लागि २ मोहमद हसनैन र सुफायन मोकिमले ३/३ तथा मोहमद इमरानले २ र माज सदाकतले १ विकेट लिए ।