दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिटमाथि सुनुवाइपछि यस्तो आदेश दिएको हो।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा कार्कीले दायर गरेको रिटमाथि सुनुवाइपछि सरकारकै निर्णयलाई निरन्तरता दिने आदेश भएको हो ।

सरकारले गत कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाएर उनकै ब्याची मनोज केसीलाई जिम्मेवारी दिएको थियो। त्यसपछि कार्की कात्तिक २० गते सर्वोच्च अदालत पुगेका थिए ।

सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो।

सरकारले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र कार्कीले बुझेको जिकिर गरेको थियो । गृहमन्त्रालयले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझिसकेकाले अब कार्कीको मुद्दाको अर्थ नरहेको जिकिर गरेको थियो ।

कार्कीले नियुक्ति बुझेर प्रम कार्यालयमा हाजिर पनि भएका छैनन् । उनले अहिलेसम्म नयाँ नियुक्तिको पत्र नबुझेको भन्दै सर्वोच्चबाटै न्यायको अपेक्षा गरेको बताएक थिए।