इजिप्टमा तेल बोकेको ट्यांकरमा भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टमा तेल बोकेको ट्यांकरमा भीषण आगलागी, ३१ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– इजिप्टको राजधानी कायरोमा तेल बोकेको ट्यांकर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

कायरोको वराक क्षेत्रस्थित रिङ रोडमा बुधबार राति भएको दुर्घटनामा ट्यांकर अनियन्त्रित भएर पल्टिएपछि भीषण आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिएपछि सडकमा गुडिरहेका तथा नजिकै पार्क गरिएका अन्य सवारीसाधनसमेत जलेर नष्ट भएका छन्।

आगलागीका क्रममा सवारीसाधनभित्र फसेका मानिसहरूलाई उद्धार गरिएको थियो। घटनास्थलबाट सार्वजनिक भएका भिडियोमा आगोको ठूलो लप्का र बाक्लो धुवाँको मुस्लो देखिएको छ।

इजिप्टको स्वास्थ्य मन्त्रालयले दुर्घटनामा ३१ जनाको ज्यान गएको र २१ जना घाइते भएको पुष्टि गरेको छ।

राज्य सञ्चालित अल(अहराम अखबारका अनुसार दुर्घटनाबारे अनुसन्धान गरिरहेका स्रोतले ट्यांकर गुडिरहेका बेला अगाडि उच्च भोल्टेजको बिजुलीको तार खसेपछि चालकले नियन्त्रण गुमाएको बताएका छन्। त्यसपछि ट्यांकर डिभाइडरमा ठोक्किएर पल्टिएको र आगलागी भएको जनाइएको छ।

यद्यपि, इजिप्टका अधिकारीहरूले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको बताएका छन्।