देउवा पक्षको सभापतिमा निधिको दाबी, शशांकसँग मागे सहयोग

देउवा पक्षको सभापतिमा निधिको दाबी, शशांकसँग मागे सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षको महाधिवेशनमा पुराना नेता बिमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

निधिले आफूले उम्मेदवारी दिने जानकारी आफू निकट नेतालाई गराएका हुन् । देउवाले अहिलेसम्म सभापतिमा कसलाई अगाडि सार्छन् भन्ने निर्णय भइसकेको छैन तर देउवाको इच्छा हेर्दा शशांक कोइरालालाई सभापतिमा अगाडि सार्ने स्थिति देखिन्छ।

तर विमलेन्द्रले शशांकलाई पनि आफूलाई सहयोग गर्न साथ मागेको उनी निकट नेता बताउँछन् । ‘ बिमलेन्द्र दाइले सभापतिमा उम्मेदवारी दिने भन्नुभएको छ। अरु विषयहरूमा त्यति जानकारी भएन ।’ देउबा पक्षका नेता केदार कार्कीले भने,’ सहमतिको महाधिवेशन बनाउने विषयमा नेताहरूबीच छलफल होला।’

देउवा पक्षले यही मंसिरमा १५औं महाधिवेशन गर्ने तयारी गरेको छ। तर निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई बुधबार अध्यावधिक मान्यता दियो।

सर्वोच्च अदालतमा कांग्रेसको विवाद कायम रहेका बेला देउवापक्षले पनि महाधिवेशन सकाउने तयारी गरेको हो।