नेपाल एयरलाइन्स र माथिल्लो तामाकोसीको ऋण ब्याजदर पुनरावलोकन गर्न माग

नेपाल एयरलाइन्स र माथिल्लो तामाकोसीको ऋण ब्याजदर पुनरावलोकन गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागरिक लगानी कोषले नेपाल वायुसेवा निगम र माथिल्लो तामाकोसीमा गरेको लगानीअन्तर्गतका ऋणको ब्याजदर तत्काल पुनरावलोकन गर्न माग गरिएको छ।

बिहीबार बसेको अर्थ समितिको ३६औँ बैठकमा सांसद सुशील खड्काले उक्त ऋणको ब्याजदर करिब १० प्रतिशत रहेको उल्लेख गर्दै बैंकहरूको ब्याजदर ५–६ प्रतिशतमा झरिसकेकाले पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।

उनले ब्याजदर घटाइए नेपाल वायुसेवा निगम र माथिल्लो तामाकोसीजस्ता संस्थालाई आर्थिक रूपमा अघि बढ्न सहज हुने धारणा राखे ।

उनले भने ‘नागरिक लगानी कोषले नेपाल एयरलाइन्स र माथिल्लो तामाकोसीमा दिएको ऋणको ब्याजदर तत्काल पुनरावलोकन गर्नुपर्छ। ब्याजदर पुनरावलोकन भएमा नेपाल एयरलाइन्स र यस्ता व्यवसायहरूलाई अगाडि बढ्न सहज हुन्छ।’

बैठकमा नागरिक लगानी कोषको कामकारबाही, कोष परिचालन, लगानी तथा प्रतिफलको अवस्था, भावी कार्ययोजना र सुधार गर्नुपर्ने क्षेत्रबारे समेत छलफल भएको थियो।