काठमाण्डु– बिहीबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १० अंकले घटेर परिसूचक २६३६ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४८ करोडको भयो ।
कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्यो भने १७९ को घट्यो । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन हिमालय ऊर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा अगाडि रहे ।
आज युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ४ प्रतिशत बढ्यो भने सबैभन्दा धेरै एभरेस्ट कलरको मूल्य ४ प्रतिशत घट्यो ।
यसदिन बैंकिङ समूह ०.९३, विकास बैंक ०.४८, फाइनान्स ०.४१, होटल तथा पयृटन ०.६२, जलविद्युत् ०.०९, जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.१८, निर्जीवन बीमा ०.४२, अन्य ०.१३ तथा व्यापार १.५२ प्रतिशत घटे ।



प्रतिक्रिया