कांग्रेस सहमहामन्त्री शाहीको अपिल-सबैलाई मिलाएर लैजान्छौं, कोही नफुटौं’

कांग्रेस सहमहामन्त्री शाहीको अपिल-सबैलाई मिलाएर लैजान्छौं, कोही नफुटौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्र एकता कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्न आह्वान गरेका छन् ।

१५औँ महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएर अद्यावधिक गरेपछि शाहीले पार्टी फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताएका हुन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेका बेला शाहीको यस्तो अपिल आएको हो । उनले सबै पक्षलाई मिलाएर लैजान कांग्रेस तयार रहेको उल्लेख गरेका छन् ।

‘सबैलाई मिलाएर लैजान कांग्रेस तयार छ । सबै जुटौँ, कोही नफुटौँ,’ शाहीले भनेका छन् ।

१४औँ महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री पदमा प्रतिस्पर्धा गरेका शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

यसैबीच, सहमहामन्त्री शाहीले होल्डिङ सेन्टरका सुकुम्बासी नागरिकलाई हटाउने सरकारी सूचना तथा निर्देशनप्रति आपत्ति जनाएका छन् ।

उनले गरिब तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको दायित्वमाथि यसले गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।

सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकार, उचित वैकल्पिक व्यवस्था र दीर्घकालीन पुनर्स्थापनाको सुनिश्चितता नगरी विस्थापित गर्नु कुनै पनि दृष्टिले न्यायोचित नहुने उनको भनाइ छ। ‘नागरिकलाई समस्याबाट मुक्त गराउनु राज्यको दायित्व हो,’ शाहीले भनेका छन् ।