काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक शुक्रबार उनी राष्ट्रपति पौडेलसँग संवादका लागि शीतल निवास पुगेका हुन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा भारत भ्रमणका विषयसँगै मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भएको थियो।
भारत भ्रमणबाट फर्किएको भोलिपल्ट शीतल निवास पुगे प्रधानमन्त्री शाह, राष्ट्रपति पौडेललाई भ्रमणबारे गराए जानकारी
प्रधानमन्त्री शाहले भारत भ्रमणमा जानुअघि र फर्किएपछि राष्ट्रपतिसँग भेट नगरेको विषय चर्चामा थियो। यसबीच उनले बिहीबार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग करिब पाँच घण्टा लामो छलफल गरेका थिए।
भारत भ्रमण, सरकारको कामकारबाही, संसद् अधिवेशन र आगामी राजनीतिक कार्यदिशाबारे लामिछानेसँग संवाद गरेका प्रधानमन्त्रीले त्यसको भोलिपल्ट राष्ट्रपतिलाई भेटेका हुन्।
तस्बिर : राष्ट्रपतिको सचिवालय


प्रतिक्रिया