इनम सापकोटालाई हिरासतमा यातना दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी

इनम सापकोटालाई हिरासतमा यातना दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । उजुरीमा सापकोटाले आफूलाई गैरन्यायिकरुपमा हिरासत राखिएको भन्दै जीवन रक्षाको माग गरेका छन् ।

सापकोटाकी श्रीमती कविता पाण्डेले दिएको उजुरी शुक्रबार आयोगमा दर्ता भएको हो । उजुरीमा सापकोटालाई नियन्त्रणमा लिएपछि दुई दिनसम्म आँखामा पट्टी बाँधेर राखिएको, मानसिक यातना दिइएको तथा विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको दाबी गरिएको छ ।

सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभापति गगन थापालगायत उच्चपदस्थ व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिइएको र जबर्जस्ती बयान रेकर्ड गरिएको आरोपसमेत लगाएका छन् ।

न्यायालय, सुरक्षा निकाय र राजनीतिक वृत्तमा बिचौलियाको भूमिका खेलेको आरोपमा अनुसन्धानमा रहेका सापकोटालाई भारतको नयाँदिल्ली जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो ।

आयोगमा १६४४ नम्बरमा दर्ता भएको उजुरीमा हिरासतमा राख्ने क्रममा भएको भनिएको व्यवहारबारे छानबिन गरी मानव अधिकार संरक्षणको व्यवस्था गर्न माग गरिएको छ ।

आफूले कुनै गैरकानुनी कार्य नगरेको र ती व्यक्तिहरूमध्ये कोही व्यक्तिगत चिनजान वा गुरु–शिक्षक र कोही चिन्दै नचिनेका सार्वजनिक पदधारण गरेका व्यक्ति भएकाले अनाहकमा अरूविरुद्ध बोल्न नसक्ने भनी अस्वीकार गरेको निवेदनमा उल्लेख छ ।

१ हजार ३ सय अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको विषयमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र २०८२ को विषय सूची नं। ९ अनुसार कानुनी व्यवस्थाभित्रै रहेर रकम साथमा लिएर गएको भनी कानुन व्यवसायीले बहस गरेपछि थुनामै राख्ने मनसायले सम्पत्ति शुद्धीकरण मुद्दा थप गरिएको आरोप निवेदनमा लगाइएको छ ।

प्रहरी नियन्त्रणमै रहेका बेला आफ्नो मोबाइल २ दिनसम्म अनाधिकृत व्यक्तिलाई दिई छेडखानी गरिएको निवेदनमा उल्लेख छ ।

यस्तो छ पूर्णपाठ