काठमाण्डु – भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीले सडकमै बसेर खाना खाएका छन् ।
स्थानीय प्रशासनले होल्डिङ सेन्टरभित्र खाना लैजान अनुमति नदिएपछि सुकुम्बासीले शनिबार बिहानको खाना सडकमा बसेर खाएका हुन् । सरकारले होल्डिङ सेन्टर छोड्न भनेपछि गास र बासको चिन्ता झेलिरहेका सुकुम्बासीका लागि जेनजी अभियन्ता माजिद अन्सारीसहितको समूह शनिबार बिहान खाना लिएर पुगेको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गरेर शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न भनेको थियो । तर, सुकुम्बासीले आफूहरूको वैकल्पिक व्यवस्थापन नहुँदासम्म नछोड्ने अडान लिएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी










प्रतिक्रिया