दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संघीयताको मर्मबमोजिम सञ्चालन : मन्त्री पोखरेल

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संघीयताको मर्मबमोजिम सञ्चालन : मन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ संघीयताको मर्मबमोजिम सञ्चालन हुने बताएका छन् ।

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को पूर्णतयारीबारे शनिबार राष्ट्रिय खेलकुद परिषद्द्वारा सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा आयोजित ‘पत्रकार सम्मेलन’मा मन्त्री पोखरेलले प्राविधिक तथा भौतिक संरचनाका कारण पौडी र टेनिस २ वटा विधाका खेल लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा भए पनि २२ विधाका खेल सुर्खेतमै भएको बताए ।

कर्णाली प्रदेश रंगशाला हुँदाहुँदै फूटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा किन भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘सुर्खेतलाई मात्र कर्णाली भनेर नबुझ्न आग्रह गर्दछु । संघीयताको मर्म बमोजिम जसरी कर्णालीवासीको खुसीको लागि काठमाण्डु छोडेर प्रतियोगिता कर्णालीमा भयो । त्यसैगरी जुम्लावासीको खुसीका लागि पुरुष फूटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा सञ्चालन गर्ने न्यायिक निर्णय भएको हो । महिला फूटबलको सेमिफाइनल र फाइनल खेल त प्रदेश रंगशालामा हुँदैछ ।’

मन्त्री पोखरेलले खेलकुदको कुम्भ मेला मानिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई सफल बनाउन कर्णालीवासीलगायत सबै सरोकारवालाहरूलाई आग्रह गरे । मंसिर १६ गते आयोजना हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह गर्ने उनले जानकारी दिए ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न कर्णालीवासीलाई आह्वान गरे । उनले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रतियोगिता हेर्नका लागि सघाउन अनुरोध गरे ।

पत्रकार सम्मेलनमार्फत राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामचरित्र मेहत्ताले अनौपचारिक रूपमा प्रदेश रंगशाला लगायत कर्णालीमा ८ विधाका खेल सञ्चालन भएको बताउँदै ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ पूर्ण तयारी भएको बताए । उनका अनुसार प्रतियोगिता तयारीको थप प्रगतिबारे मंसिर १५ गते जानकारी गराइनेछ ।