पानी जहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– देशमा रेलभन्दा पहिलो पानिजहाज आउंछ


ललितपुर – सरकारले ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालय स्थापना गरेको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घघाटन गरेका हुन् ।

एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको बताएका छन्।
उनले देशमा रेलभन्दा पहिलो पानिजहाज आउने दावी गरे । ओलीले नदिको आकारअनुसारको पानीजहाज ल्याएरै छोड्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेकोप्रती असन्तुष्टी जनाए ।  ‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन्। तर हामी नदिको क्षमताअनुसार जहाज चलाएर देखांउछौं।’ प्रधानमन्त्रीले भने ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement