वन क्षेत्रको संरक्षण र उपयोग सँगसँगै हुने गरी व्यवस्थापनका उपाय अवलम्बन गर्छौ : वनमन्त्री वस्नेत

वन क्षेत्रको संरक्षण र उपयोग सँगसँगै हुने गरी व्यवस्थापनका उपाय अवलम्बन गर्छौ : वनमन्त्री वस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको संरक्षण र उपयोग सँगसँगै हुने गरी व्यवस्थापनका उपाय अवलम्बन गरिएको बताएका छन्।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घको १९औँ साधारणसभाको उद्घाटन समारोहमा मन्त्री बस्नेतले वन उत्पादनशील क्षेत्र भएकाले संरक्षण र उपयोग एक साथ अघि बढाउने उद्देश्यका साथ नयाँ वन नीति ल्याएको जानकारी दिए।

वन पैदावारमा मुलुकलाई आत्मनिर्भर बनाउन मन्त्रालयले निजी क्षेत्र र वनमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने नीति अपनाएको उल्लेख गर्दै मन्त्री बस्नेतले वन क्षेत्रलाई समृद्धिको एक आधार बनाउन विविध कार्यक्रम अघि बढाएको बताए।

मन्त्रालयले काठमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको जनाइरहेका बेला स्वदेशी काठको कमी र चर्को मूल्यका कारण गत आर्थिक वर्षमा मात्र मुलुकमा पाँच अर्ब ७५ करोड मूल्यको काठ विभिन्न मुलुकबाट आयात भएको महासङ्घको तथ्याङ्क छ ।

महासङ्घले वनमा रहेका ढलापडा, सुख्खड खडा, वृद्धि रोकिएका बुढा रुख सदुपयोग नगरेका कारण लाखौँ क्युफिट काठ आगोले डढी र सडिगली जानाले राज्यको अर्बौ राजश्व नष्ट भएको जनाएको छ ।