खानेपानी सचिवको जिम्मेवारी शर्मालाई, एक वर्षमा तीन सचिव परिवर्तन गरिन् मन्त्री मगरले  

खानेपानी सचिवको जिम्मेवारी शर्मालाई, एक वर्षमा तीन सचिव परिवर्तन गरिन् मन्त्री मगरले  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारी दिपेन्द्रनाथ शर्मालाई जिम्मेवारी दिएको छ । मेलम्चीमा प्रकरणमा मन्त्री र सचिवविच विवाद भएपछि हालका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको हो । 

मन्त्री विना मगरको प्रस्तावमा उनलाई हटाइएको हो । यसअघि ठाकुरलाई ल्याउन मन्त्री मगरले नै जोड बल गरेकी थिईन । सचिव ठाकुर विवादस्पद पृष्ठभुमिका भएको मन्त्री मगरलाई जानकारी भएपनि उनले ठाकुरलाई नै ल्याउने अडान राखेको स्रोतको दाबी छ । 

मन्त्री मगरले एक बर्षको विचमा तीन जना सचिव परिवर्तन गरिसकेकी छन् । यसअघि उनकै प्रस्तावमा इमान्दार कर्मचारीको सचिव बनाएका कृष्णराज विसीलाई सरुवा गरिएको थियो । 

सरुवापछि सचिव ठाकुरले खानेपानीमन्त्रीमाथि गैरनकानुनी रुपमा इटालियन ठेकेदार कम्पनी सीएमसीलाई नै फिर्ता ल्याउन दबाव दिएको आरोप लगाएका छन् । ‘सीएमसीलाई थप ३ अर्ब दिएर धरौटी समेत फिर्ता गरेर काममा ल्याउन मन्त्रीले दबाव दिनुभयो,’ ठाकुले भने, ‘मैले कानुन र देशहित विपरित यस्तो निर्णय हुन सक्दैन भनेर अडान राखेको थिए। मेरै सरुवा गरिएछ ।’

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिव ठाकुरलाई जगेडा समूहमा सरुवा गर्ने निर्णय गरेको हो। उनको ठाउंमा सरुवा भएका शर्मालाई ल्याउन मन्त्री मगरले पटक पटक कोशिस गरेकी थिईन । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनको प्रस्तावलाई रोक्दै आएका थिए । सचिव शर्मा दबावमा काम गर्न नसक्ने कर्मचारी हुन् । 

उनलाई सहरी विकास मन्त्रालयको सचिवबाट मन्त्रिपरिषदमा तानिएको थियो। त्यसअघि उनी खुला प्रतिस्पर्धाबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएका थिए।