काठमाडौं – शुक्रबार बेलुका काठमाडौं उपत्कासहित देशभरका विभिन्न ठाउंमा एनसेलका कार्यालय तथा टावरमा भएका बम विस्फोट पछि नेपाल प्रहरीले सुरक्षा सर्तकता अपनाएको प्रहरीले जनाएको छ ।
शुक्रबार ललितपुरको नख्खु, नवलपरासी, कास्की, कञ्चनपुर, बुटवल, अछाम, कपिलवस्तु, काभ्रे, रौतहटल,गारेखागायतका जिल्लामा एनसेलको टावरमा बम विस्फोट तथा आगजनी भएपछि देशभरि नै सुरक्षा सतर्कता बढाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए ।
विप्लव नेतृत्वको पार्टीले औपचारिक रुपमा घटनाको जिम्मा नलिए पनि उसकै संलग्नताको आशंकामा खोजी केन्द्रित गरिएको प्रहरी स्रोतले बताएको छ । ललितपुरको नख्खुमा भएको बम बिस्फोटमा एकजनाको मृत्यु तथा दुईजना घाइते, कमलपोखरीमा बम राखिएको तथा देशका अरु क्षेत्रमा पनि एनसेलका टावरमा बम बिस्फोट भएपछि प्रहरीले संलग्नको खोजी तीव्र पारेको हो ।
यसअघिका यस्तै घटनामा उनीहरुकै संलग्ना रहेकाले यसपटक पनि उनीहरुकै सम्भावना बढी रहेको आशंकामा खोजी थालिएको प्रहरीको भनाई छ ।




प्रतिक्रिया