थापाको राप्रपामा पहिरो: जयन्तसहित २२ जनाले पार्टी छाडे, बुवा लोकेन्द्रबहादुर कता?

थापाको राप्रपामा पहिरो: जयन्तसहित २२ जनाले पार्टी छाडे, बुवा लोकेन्द्रबहादुर कता?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपामा पहिरो गएको छ। राप्रपाका महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्नेमध्ये १४ जना केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ। चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन्। लोकेन्द्रबहादुर
राप्रपामा कमल थापापछि दोस्रो वरियताका नेता हुन् ।

चन्द पछिल्लो समय ३ वटै राप्रपा एक हुनुपर्ने बताउँदै आएकोमा पार्टी छाड्ने निर्णयमा पुगेका हुन्।

पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसँगै भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, गोविन्द खनियाँ, भरत प्रसाद पाठक, सानुकाजी हेमा, चिरागमान सिंह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेश सिंह, बिन्दा गिरी, भरत बहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्कीलगायत रहेका छन् ।

पार्टी परित्याग गरेका सबै जना केही दिनमा राप्रपा प्रवेशको तयारीमा रहेको बताइन्छ।

डा प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन एकीकृत राप्रपा राष्ट्रवादी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच एकता भएर राप्रपा संयुक्त पार्टी अस्तित्विमा छ। उनीहरु सोही पार्टीमा प्रवेश गर्ने बताइन्छ।